HCRI


Op-Eds




यार्चाकुम्भुले अर्थतन्त्रमा पारेको प्रभाव!

May 27, 2020 by Suraj

गैहिमालि भेगमा बसोबास गर्ने जनताको मुख्य आयस्रोत को रुपमा रहेको यार्चाकुम्भुले मान्छेको जीवनस्तर उकास्न धेरै सहयोग गरेको छ । अव्यवस्थित यार्चाकुम्भु सँकलनले प्रकृतिमा नकरात्मक असर पारेपनि यस्ले स्थानिय जनता र राज्य दुवै लाई आर्थिक रुपमा सकरात्मक असर गरेको देखिन्छ । यार्चाकुम्भु सँसारकै सबै भन्दा महंगो जडिबुटि को रुपमा परिचित छ । यसको मुल्य नै परिचय दिनका लागि प्रयाप्त छ । विगतका वर्ष हरुमा अन्तराष्ट्रिय बजारमा यो प्रति किलो ४८,००० अमेरिकन डलर अर्थात नेपालि करिब ५७ लाख प्रति केजी सम्ममा बेचविखन भएको रेकर्डहरु बाट देखिन्छ । यसको मुल्य सुन भन्दा पनि बढि भएकाले यस्लाई अन्तराष्ट्रिय बजारमा वायोलोजिकल गोल्ड -Biological Gold_ भनेर पनि चिनिने गरिन्छ ।

सन् २००१ मा जब नेपाल सरकारले यार्चाकुम्भु मा लगाएको प्रतिबन्ध फुकुवा ग¥यो तब देखि यसको सँकलन र व्यापार स्थानिय स्तर देखि देश विदेश सम्म फैलिदै आएको छ । अध्ययनले देखाए अनुसार नेपालका ११ जिल्ला डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, बजाङ्ग, जाजरकोट, धादिङ्ग, रुकुम, म्याग्दी अनि सिन्धुपाल्चोकमा यार्चाकुम्भुको सँकलन गरिन्छ ।

राष्ट्र ब्याङ्क २०१९ को तथ्याँक अनुसार विगत देखि हाल सम्म नेपालमा मात्र १ देखि ३.२ मेर्टिक टन यार्चाकुम्भु संकलन भएको अनुमान छ । नेपालका यार्चाकुम्भु पाउने ११ जिल्लाहरु मध्ये डोल्पा जिल्ला बाट मात्रै ५० प्रतिशत भन्दा बढिको यार्चाकुम्भु सँकलन र निर्यात हुने गरेको छ । यार्चाकुम्भु सँकलनकर्ता लाई ३ समुहमा बाडेर हेर्ने गरिन्छ । पहिलो समुहमा सामुदायिक वनका उपभोक्ता, अन्य सम्पुर्ण डोल्पा जिल्लाका नागरिक हरु समुह २ मा र जिल्ला बाहिरका लाई समुह ३ मा गरि बाड्ने गरिन्छ । राष्ट्रिय निकुञ्ज ले पनि क, ख, ग वर्ग मा सँकलनकर्ताहरुलाई विभाजन गरेर राजश्व संकलन गर्ने गर्दछ । यसरि यार्चाकुम्भु को आर्थीक पाटो लाई केलाएर हेर्ने हो भने यसको असर स्थानिय क्षेत्र देखि राष्ट्रिय तह सम्ममा यस्को प्रभाव देख्न सकिन्छ ।

विभिन्न अध्ययन र हिमालयन कन्जर्भेसन एण्ड रिसर्च ईन्ष्टिच्युटको आफ्नै अध्ययन ले देखाए अनुसार पाटनमै गएर यार्चाकुम्भु टिप्ने सँकलनकर्ता देखि लिएर विदेशमा निर्यात गर्ने व्यापारी सम्ममा यसको आर्थिक असर देखिने गरेको छ । प्राकृतिक बासस्थान बाट मात्र यार्चाकुम्भु को सँकलन गर्न सकिने, (व्यवसायिक खेतिपाति अहिले सम्म गर्न नसकिएको) जडिबुटि भएकोले यसको बजार प्रणालि स्थानिय सँकलनकर्ता बाट सुरु हुन्छ । स्थानिय सँकलककर्ता बाट विचौलियाले खरिद गरि ठुला व्यापारि लाई बेच्ने चलन नै प्रमुख रुपमा चलि आएको छ ।


स्थानिय सँकलनकर्ताले आफ्नो श्रम लगानि गरि यार्चा टिपेर पाटनमै आएका विचौलियालाई चलन चल्तिको रेट (गाउँ तथा पाटन मा त्यो सिजनमा चलाएको रेट) मा बेच्दछन् भने त्यसमा केहि नाफा जोडेर विचौलियाले ठुला व्यापारिलाई बेच्ने गरेको देखिन्छ । यार्चाकुम्भुको व्यापार सञ्जाल हेर्दा धेरै संकलनकर्ता र निर्यात गर्ने व्यापारि विचमा धेरै विचौलिया हुनसक्छन् । टोल, वार्ड, गाउँ, क्षेत्र, जिल्ला हेर्ने किसिमका विचौलिया हुन्छन् भने अन्तिममा ति सबै विचौलियाबाट यार्चाकुम्भुको प्रमुख अन्तराष्ट्रिय बजार जस्तै चिन, हंङकङ, सिंगापुर, थाईल्याण्डमा नेपालका ठूला व्यापारी मार्फत निर्यात गरी ताहाँका व्यापारीको हातमा पुग्ने गर्दछ । सिमित सँख्यामा सँकलनकर्ता आफैले तिब्बतियन बजारमा गएर बेच्ने गरेको देखिन्छ ।


वर्षेनी यार्चाकुम्भु सँकलन गर्न का लागि ५० हजार भन्दा बढि सँकलनकर्ताहरु डोल्पा जिल्लाका विभिन्न पाटनहरुमा जाने गरेको देखिन्छ । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको तथ्याँक अनुसार २०७५÷०७६ मा मात्र १५००० सँकलनकर्ता हरुले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्रका यार्चाकुम्भु पाउने पाटनहरुमा गएर सँकलन गरेको देखिन्छ ) । यसरि सँकलन गर्न जाने एक सँकलनकर्ताले एकदिनमा औसतमा १२ देखि १५ पिस यार्चाकुम्भु टिप्ने देखिन्छ । यसरि टिपेको यार्चाकुम्भु संकलनकर्र्ताले विचौलिया बाट अन्तराष्ट्रिय बजारमा चलेको दर को १० देखि २० प्रतिशत पाउने गरेका छन् ।



स्थानिय सँकलनकर्ताबाट विचौलियाले खरिद गरेर निर्यात गर्ने व्यापारि सम्म पुग्दा यसको मुल्यले आकाश छोइसकेको हुन्छ । स्थानिय सँकलनकर्ताले प्रति ग्राम २ देखि ३ हजार पाए पनि यो विश्वका प्रमुख बजार जस्तै चिन, सिँगापुर जस्ता देशका बजारमा पुग्दा यस्को मुल्य कैयौँ गुणा ले बढिसकेको हुन्छ । विगत केहि वर्ष देखि चाईनिज समुदायको बाहुल्ले रहेको अमेरिका, क्यानाडा र युरोपियन राष्ट्रका बजारहरुमा पनि यसको माग बढदो छ । गत वर्ष म आफै क्यानाडा को चाईनिज बजारमा घुम्न जादाँ त्यहाँ का पसल हरुमा यार्चाकुम्भु प्याकिंग गरेर बेच्न राखेको समेत पाएको थिए । त्यहाँ यसको मुल्य स्थानिय सँकलनकर्ताले प्राप्त गर्ने भन्दा कैयौँ गुणा बढि थियो, जहाँ १८ ग्राम यार्चाकुम्भुको क्यानेडियन डलर ९०० (नेपाली करिब ७८ हजार रुपैया) मा बेच्न राखिएको थियो । यसरि हेर्दा ग्राम ग्राम मा व्यापार हुने यस यार्चाकुम्भुको विश्व बजार बारे विभिन्न अध्ययन अनुसन्धानले देखाए अनुसार ५ अर्व देखि १२ अर्व अमेरिकन डलर बराबर रहेको अनुमान छ ।

धनी र खान्दानिले उपभोग गर्ने भएपनि यसको सँकलन र व्यापारबाट हिमालि भेगका निम्न आयस्रोत भएका जनताका लागि यो वरदान सावित भएको छ । हिमाली भेगका जनता हरुको प्रमुख रुपमा आयस्रोतको रुपमा रहेको यार्चाकुम्भुले घरको चुलो बाल्न सहयोग गर्ने भएर नै वर्षेनी सर्वसाधारण जनताहरु ज्यान को बाजी लगाएर भएपनि यसको सँकलनमा जान्छन् । यस्ता हिमालि क्षेत्रका जनता हरुको आफ्नो भईरहेको व्यवसायलाई पनि उकास्नका लागि यार्चाकुम्भुको कमाईले विशेष स्थान राखेको छ । तसर्थ आजको दिनमा पनि धेरै स्थानिय सँकलनकर्ताहरु चुलोमा आगो बाल्ने देखि बच्चाको पढाई अनि उपचार देखि व्यवसाय धान्न सम्म यसकै भर पर्ने गरेका छन् । त्यसैले यसको हरेक सिजनमा घरमा ताला मारेर भएपनि स–परिवारै पाटन तिर लाग्छन् यार्चाकुम्भुको खोजि संगै आर्थिक रुपमा सबल हुने सपनाको चाङ्ग बुन्दै ।


यार्चाकुम्भुको सँकलनकर्ता बाहेक, यार्चाकुम्भु को सिजनमा पाटन क्षेत्रमा अहिले आएर खाधान्न तथा नास्ता पसलको पनि व्यापार व्यवसाय गर्ने चलन बढदो मात्रामा छ । भनिन्छनि सुविधा उपभोग गर्न खर्च पनि गर्नु पर्छ भनेर त्यस्तै यस क्षेत्रमा चल्ने सामान्य नास्ता पसल मा पनि महंगोमा व्यावसाय चलिरहेको छ भने व्यवसाय गर्नेले पनि आफ्नो आर्थिक स्तर बढ्ने आशा राखेरै त्यहाँ सम्म सामान ढुवानि गरेर व्यवसाय सञ्चालन गरिरहेका छन् । चाउचाउ, बिस्कुट, तथा मदिरा को राम्रै व्यापार हुनेगरेको छ हरेक वर्ष यार्चाकुम्भुको सिजनमा । यस्ले व्यावसाय गर्ने को आर्थिक स्थिति पक्कै राम्रो बनाउला, तर केहि सँकलक जो यार्चाकुम्भुको सँकलन भन्दा बढि खर्च गर्ने हुनाले जति दुख गरेर गएपनि फर्कदा रित्तै फर्केको पनि थुप्रै घटना आज पनि समाज मा व्याप्त छ ।


यार्चाकुम्भु बाट आएको आम्दानि प्रमुखरुपमा बालबच्चाको शिक्षा अनि खानपिनमा खर्च गर्ने त्यस्तै औषधि उपचार, लुगा कपडा, अनि घर बनाउनमा खर्च गर्ने गरेको देखिएको छ । आम्दानि को थोरै प्रतिशत लगभग ३ देखि ५ प्रतिशत मात्र कृषि तथा पशुपँक्षी पालनमा लगानि गरेको देखिन्छ । यार्चाकुम्भुको असर डोल्पाको शिक्षा क्षेत्रमा प्रस्ट देखिन सकिन्छ । यार्चाकुम्भुको व्यापार बढे सँगै विगत ५ देखि ७ वर्ष पहिलेदेखि जिल्ला बाहिर गएर राम्रा विधालय हरुमा आफ्ना बालबच्चा पढाउने होड बाजि चल्दै आएको छ जस्को कारणले डोल्पामा राम्रो प्रभाव पार्ने देखिएको छ भविष्यमा ।

यार्चाकुम्भुको सँकलन र व्यापार ले सरकारि ढुकुटिमा पनि प्रत्यक्ष योगदान गरेको छ । राष्ट्र बैँक को प्रतिवेदनका अनुसार वि.सं २०७०÷२०७१ म नेपालका ११ जिल्लाहरु मा रु ४ अर्व ९२ करोड को यार्चाकुम्भु सँकलन गरेको अनुमान छ । डोल्पा जिल्लामा रहेको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले मात्र २०७१÷२०७२ मा २ करोड ८२ लाख राजश्व सँकलन गरेको थियो भने त्यस्तै २०७५÷०७६ मा २ करोड ९२ लाख राजश्व सँकलन गरेको देखिन्छ । डिभिजन वन कार्यालय डोल्पाले यार्चाकुम्भु बाट औसत वार्षिक २ करोड भन्दा बढि राजश्व सँकलन गर्ने गरेको देखिन्छ । यसरि सँकलन भएको राजश्व राष्ट्रिय कोषमा जम्मा हुन जान्छ र विभिन्न माध्यम बाट पछि त्यहि रकम जिल्लाका विकासका कार्यक्रमहरु म खर्च हुन आउछ । राष्ट्रिय निकुञ्ज मार्फत सँकलन भएको राजशव मध्यवर्ति क्षेत्रको विकास का लागि मध्यवर्ति क्षेत्र व्यवस्थापन समुह मार्फत परिचालन भएको देखिन्छ ।

यार्चाकुम्भु ले समाजको आर्थिक स्थिती उकास्न मा प्रमुख भुमिका खेलेको छ भने यस्ले नकरात्मक असर पनि बढाउदै गएको छ । छोटो समयमै प्रशस्त आम्दानि हुने भएका कारण आवश्यकता भन्दा विलासिताका सामान र मनोरञ्जनमा खर्च गर्ने प्रवृति बढेको छ । पढाई तथा अन्य काममा ध्यान दिनु पर्ने युवा हरु कुलतमा फसेको उदाहरण पनि देखिने गरेको छ र यार्चाकुम्भुको आम्दानि धेरै भएका लाई अन्य आम्दानिका स्रोत हरु स्थानिय जनताका नजर मा पर्न सकिरहेको छैन । फलफुल, जैतुन (लोटो) वृक्षारोपण, केशर खेति जस्ता वातावरण सन्तुलित र दिगो आम्दानिका स्रोत हरु मा स्थानियवासि लागेको देखिदैन । याचाकुम्भु ले बर्तमान समयमा राम्रो आम्दानि दिएपनि यो दिगो होइन भनेर विभिन्न वैज्ञानिक अध्ययन ले देखाएको छ । जिल्ला को दिगो आर्थिक स्थिती लाई सन्तुलन गरि राख्नका लागि स्थानिय, प्रदेश र केन्द« सरकारले स्थानिय जनता र सरोकारवालाहरु सँग मिलेर अन्य आम्दानिका स्रोतहरुको उजागर गरि जनतालाई लगानिका बाटाहरु देखाउन जरुरत देखिएको छ ।

यो लेख हाम्रो मिसन साथै नेपालपोष्ट खबर , २०७७ साल जेष्ठ १ गते प्रकाशित भएको हो ।



कोरोनाकालमा यार्चाकुम्भु संकलन

May 6, 2020 by Suraj & Akhanda

यार्चाकुम्भु हिमाली बासिन्दाको आयको मुख्य स्रोतका रूपमा स्थापित भैसकेको छ । पछिल्ला केही वर्षमा यार्चाकुम्भुको मूल्य अनपेक्षित रूपमा बढिरहेको छ । मूल्यवृद्धिसँगै यसैमा निर्भर हुनेहरू पनि बढिरहेका छन् । हरेक वर्ष जेठको पहिलो हप्ताभित्र विभिन्न जिल्लाका संकलनकर्ता यार्चाकुम्भु पाइने पाटनहरूमा पुगिसक्छन् । मध्यवर्ती क्षेत्रमा राष्ट्रिय निकुञ्जबाट संकलन पुर्जी लिनुपर्छ । अन्यत्र स्थानीय गाउँपालिकाले संकलन पुर्जी दिन्छ ।

यार्चाकुम्भु संकलन गर्न जानेहरूले रासन, न्यानो कपडा, दाउरा लगायतका सामग्रीको जोहो गर्ने बेला यही हो । डोल्पा, मनाङ, रुकुम, दार्चुलाका पाटनहरूमा देशभरबाट मान्छे पुग्छन् । डोल्पामा पाइने यार्चाकुम्भु अरू जिल्लाको तुलनामा महँगोमा किनबेच हुन्छ । २०६४ सालतिर ४० रुपैयाँ प्रतिगोटा पाइने यार्चाकुम्भु गत वर्ष १ हजार ५ सय प्रतिगोटा बिक्री भएको थियो ।

डोल्पाका विद्यालयहरू यार्चाकुम्भु संकलनको समयमा बन्द हुन्छन् । लगभग १ महिना शिक्षकहरू पनि विद्यार्थीसँगै यार्चाकुम्भु संकलन गर्न जाने हुनाले अधिकांश विद्यालयको शौक्षिक गुणस्तर कमजोर छ । यो समयमा खेतीपाती र अन्य काम पनि ठप्प हुन्छन् । पठनपाठन र अन्य काम छोडेर यार्चाकुम्भु संकलनका लागि समय छुट्याउनुले पनि हिमाली जीविकोपार्जनमा यसको महत्त्व देखाउँछ । हिमाली बासिन्दाले यसरी २ देखि ३ महिना खटेर गरेको कमाइले वर्षभरि खर्च पुर्‍याउँछन् । घरखर्च, विद्यालय शुल्क, औषधि उपचारदेखि ऋण तिर्नसम्म यार्चाकुम्भुको भर पर्नुपर्छ । व्यवसाय बढाउन पनि यसैले मद्दत गर्छ । त्यसैले ज्यान जोखिममा पारेर स्थानीय बासिन्दा यार्चाकुम्भु संकलनमा हिँड्ने गर्छन् ।

यार्चाकुम्भुका कारण डोल्पामा प्राय: खेतीपाती गर्न छाडिसकियो । यार्चाकुम्भुको तुलनामा खेतीपातीको आम्दानी निकै कम हुन्छ । दु:ख भने खेतीपातीमा बढी छ । यार्चाकुम्भुको कमाइकै डोल्पा सदरमुकाम वरिपरि वा अन्न फल्ने खेतमा अहिले घरहरू ठडिन थालेका छन् ।

yarchagumba
(तस्बिर : कान्तिपुर )

यस्तोमा स्थानीय तहले कोरोना महामारीको यो बेला यार्चाकुम्भु संकलन गर्न बन्देज लगाए धेरै घरको चुलोमा आगो बाल्दैन । त्यसैले हिमाली जनतालाई यार्चाकुम्भु संकलन गर्न नपाइने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।


४३ दिनदेखि देश ठप्प छ । कोरोना संक्रमितको संख्या पनि बढेर ८२ पुगिसक्यो । यहाँसम्म आइपुग्दा मानसिक र आर्थिक रूपमा हामी निकै प्रभावित भैसकेका छौं । कोरोना भाइरस फैलिन नदिन एकआपसमा १ मिटरको दूरी कायम गर्नुपर्छ भनिँदै आएको छ । सिंगो विश्व सामाजिक दूरी बढाएर कोरोना कहर कम गर्न लागिपरेको बेला हिमाली जनताले यार्चाकुम्भु संकलन गर्न पाउँछन् कि पाउँदैनन् भन्ने दुविधा बढेको छ । यार्चाकुम्भु टिप्न अनुमति दिनु उचित हुन्छ कि हुन्न भन्ने प्रश्नमा छलफल जरुरी छ । यार्चाकुम्भु संकलन गर्न जाँदा कोरोना भाइरस सर्ने जोखिम बढी हुन्छ भन्ने जानकारी सबैमा छ । यदि अहिले यार्चाकुम्भु संकलनका लागि अनुमति दिने हो भने कोरोना भाइरसले हिमाली जिल्लामा पनि भयावह रूप लिने सम्भावना छ ।



डोल्पामा यार्चाकुम्भु संकलनका लागि रुकुम, जाजरकोट, जुम्ला, मुगु, कालीकोट र राजधानीबाट समेत मान्छेहरू आउने गर्छन् । ३ महिनाको संकलन अवधिमा लगभग १ लाख मानिसको भीड हिमाली पाटनमा हुन सक्छ । अहिले यार्चाकुम्भु संकलन गर्न दिने हो भने लकडाउनको बाबजुद छिमेकी जिल्लाहरूबाट संकलनकर्ता आउने पक्का छ । राज्यले यार्चाकुम्भु संकलनका लागि अनुमति नदिए पनि लुकेर वा छलेर संकलन गरिन्छ नै । गत वर्ष संकलन समयभन्दा अघि नै यार्चाकुम्भु पाइने पाटनहरूमा मानिसको भीड लागिसकेको थियो । यो वर्ष पनि यस्तै भीड लाग्ने पक्का छ । त्यसैले कोरोना संक्रमणको त्रास रोक्न स्थानीय सरकारको रोहवरमा सुरक्षाकर्मी परिचालन गरेर यार्चाकुम्भु संकलन रोक्न सकिन्छ । यदि संकलन रोक्न सकिएन भने यार्चाकुम्भु पाइने पाटनहरूमा एक व्यक्ति मात्रै कोरोना संक्रमण भए एकैपटक धेरै संकलनकर्तामा फैलन्छ । यार्चाकुम्भु पाइने विकट हिमाली जिल्लाहरूमा सुरक्षाकर्मीको अभाव छ ।

यार्चाकुम्भु संकलन रोकियो भने पनि यार्चाकुम्भु पाउने पाटन वरपर बस्नेहरूले सजिलै संकलन गर्नेछन् । यस्तोमा पाटन टाढाका निमुखा जनता बन्द गर्ने निर्णयको मारमा पर्नेछन् र वर्षभर अभावमा बाँच्न बाध्य हुनेछन् । भोकको कहर कम गर्न सरकारले छिटो ध्यान दिन जरुरी छ । बेलैमा तीनै तहका सरकारले ठोस निर्णय गर्नुपर्छ ।

संकलन गर्ने नदिने निर्णय गर्दा तत्कालका लागि आफ्नो रोजीरोटी खोसिएजस्तो लागे पनि यदि सरकारी निकायहरूले सकारात्मक सोच्न र योजना बनाउने हो भने यार्चाकुम्भुमा निर्भर हिमाली जीविकाको वैकल्पिक स्रोत खोज्न सक्छ । हिमाली जिल्लाहरू प्राकृतिक स्रोत र साधनमा धनी छन् । यस्ता जिल्लाहरूमा यार्चाकुम्भु मात्रैले रोजीरोटी धान्दैन । जीविकोपार्जनको अन्य विकल्पको पनि खोजी गरिनुपर्छ । अन्य दिगो जीविकापार्जनका स्रोतहरू प्रचुर मात्रामा छन् । यो वर्ष यार्चाकुम्भु संकलन रोकेदेखि जनता र स्थानीय निकाय अन्य स्रोत खोज्न बाध्य हुन्छन् । सबै सम्बन्धित निकायले योजना बनाउने हो भने पर्यटन, फलफूल खेती र कृषि दिगो र सुहाउँदो आम्दानीका स्रोतहरू हुन सक्छन् ।


यार्चाकुम्भु संकलनको सिजनअगावै राज्यले यो विषयमा कठोर निर्णयका साथ प्रस्तुत हुनुपर्छ । त्यसका लागि, पहिले स्थानीय सरकारको सहयोग लिने र आवश्यक सुरक्षाकर्मी तयार पारी यार्चाकुम्भु संकलनलाई पूर्ण रूपमा रोक्नुपर्छ । अनि यार्चाकुम्भु निर्यातका लागि दिइने छुट पुर्जी यो वर्ष दिनु हुन्न । त्यस्तै यार्चाकुम्भु संकलनलाई अवैध घोषणा गरेर कसैले संकालन गरेर बिक्री वितरण गरेको पाए वन ऐनअनुसार कारबाहीको व्यवस्था गरिनुपर्छ । यार्चाकुम्भुको विश्व बजार खस्किँदो छ र हङकङ, चीन, सिंगापुरका व्यापारीले किन्न नसक्ने स्थिति छ भन्ने सन्देश हिमाली गाउँगाउँमा पुर्‍याउनुपर्छ ।


यदि बढी माग हुने विश्व बजार अहिले बन्द छ भन्ने जानकारी संकलनकर्तासम्म पुर्‍याउन सकियो भने ज्यान जोखिममा पारेर यार्चाकुम्भु टिप्न कोही पनि जाँदैनन् । जनतालाई भोकमरीबाट बचाउन र यार्चाकुम्भु संकलनमा रोक लगाउन सकियो भने गिर्दो उच्च हिमाली पर्यावरणले पनि आफ्नो प्राकृतिक रूपमा फर्किने मौका पाउनेछ । बर्सेनि लाखौं मानिसको चपेटामा पर्ने उच्च हिमाली क्षेत्रका पाटनहरूमा फेरि पनि दुर्लभ हिउँचितुवा, नाउर, घोरलहरू चरिचरन गर्नेछन् । त्यहाँका खोलानाला यार्चाकुम्भु टिप्न गएका लाखौं मान्छेले फालेका प्लास्टिक र फोहोरबाट मुक्त हुनेछन् । यसरी तीनै तहका सरकार र स्थानीय समुदाय, व्यापारीसँगको सामूहिक छलफल र सहयोगबाट संकलनकर्तालाई खाद्यान्न अभाव हुन नदिई यो वर्ष यार्चाकुम्भु संकलनको व्यवस्थापन गर्न सकियो भने फैलँदो कोरोना संक्रमणबाट जनता बच्नेछन् । र, क्षय हुँदै गएको उच्च हिमाली पर्यावरणले पनि फेरि आफ्नै रूपमा फर्कने अवसर पाउनेछ ।

यो लेख कान्तिपुर , २०७७ साल वैशाख २४ गते प्रकाशित भएको हो ।



यार्चागुम्बा एक परिचय : डा. सुरज उपाध्याय

April 27, 2020 by Suraj

गैरकाष्ठ वन पैदावर नेपाली दुर्गम जनताको एक प्रमुख आयस्रोत रहदै आएको छ । नेपालमा सँकलन र बिक्रि हुने १५० भन्दा बढि जडिबुटि मध्य सबैभन्दा महँगो जडिबुटि यार्चागुम्बा रहेको छ । यार्चागुम्बा उच्च हिमाली तथा तिब्बितियन प्लाट्यु क्षेत्र मा Yartsa Gunbu अर्थात गर्मि महिनामा घाँस अनि जाडो महिनामा किरा भनेर परिचित छ ।
हिमालि भेगका जनता हरुको मुख्य आयस्रोत को रुपमा रहदै आएको यार्चाकुम्भु समुन्द सतह ३५०० मिटर देखि ५००० मिटर भन्दा माथिको हिमालि भेग मा पाईन्छ । यस्को वासस्थान चिन, नेपाल, भारत अनि भुटानका उच्च हिमाली क्षेत्रमा फैलिएको छ । नेपालको मुख्यतया डोल्पा, जुम्ला, हुम्ला, कालिकोट, बागलुंग, मनाँग मुस्तांग, रुकुम, दाचुर्ला लगायतका हिमालि जिल्ला हरुमा पाईन्छ । साथै विश्वका अन्य देश हरु जस्तै तिबत, भारतको हिमाँचल तथा उत्तराखण्ड क्षेत्र साथै भुटानमा समेत पाईने यार्चाकुम्भु हालको समयमा यस भेगमा बस्ने जनताको प्रमुख आयस्रोत को रुपमा रहदैँ आईरहको छ । बैशाख जेष्ठ महिनाको सुरुवातमा केहि महिना सम्म विधालय समेत बन्द गरेर ज्यानको बाजि थापेर हिमाली भेगका हरिया फाँट मा सुन भन्दा बहुमुल्य जडिबुटि यार्चाकुम्भु सँकलन गर्न मान्छे जान्छन् आखिर के हो त यार्चाकुम्भु, आज म यस्का बारेमा केहि बुझाउन गईरहेको छु । नेपालमा हाल करिब ११८ किसिमका पारिस्थतिकीय प्रणालिहरु रहेका छन् भने करिब ५८८४ प्रजातिका फूल फुल्ने र अन्य फूल नफुल्ने गरी जम्मा १००९१ प्रजातिका वनस्पतिहरु सुचीकृत भैसकेका छन् । यि मध्य करिब ७०० प्रजातिहरुको औषधीय महत्व प्रमाणित भई सकेकोछ ।
मानव स्वास्थ्यमा अत्यन्तै महत्वपुर्ण भूमिका खेल्ने र ग्रामिण जनजीवनको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुग्ने हुदाँ जडीबुटी एवम् गैरकाष्ठा वन पैदावरुँग सम्बन्धित वानस्पतिक प्रजातिहरुको महत्व नेपालमा अत्यन्तै उच्च रहेको तथ्य निर्विवाद छ । जुन कुराबाट डोल्पा जिल्ला रमेत टाढा रहन सक्दैन ।

yarchagumba
यार्चागुम्बा ।(तस्बिर : जैतुन अनलाइन )

यार्चागुम्बाको वैज्ञानिक नाम, Cordyceps Sinensis हो भने नेपालीमा यस्लाई यार्चागुम्बा भनिन्छ त्यस्तै स्थानिय रुपमा यस्लाई विभिन्न नाम ले चिनिन्छ जस्तै, यार्चा, किरा, जिवनबुटि आदि नामले परिचित छ । यार्चागुम्बा लाई सामान्यतया दुई भाग मा बाढ्न मिल्छ, जस्तै यस्को तल्लो भाग जुन जमिन मुनि हुन्छ त्यस्लाई पुतलिको लार्भा भनिन्छ भने अर्को माथिल्लो भाग जुन जमिन बाहिर हुन्छ जस्लाई ढुसि भनिन्छ । यस जमिन बाहिर हुने भाग जस्लाई हामि ढुसि भन्छौ यस्लाई नै हेरेर सँकलकले सजिलै चिन्नसक्छ यार्चागुम्बा हो भनेर । यो एक च्याउ प्रजातिमा पर्दछ जस्को जिवन झुसिलकिरा सँग गएर जोडिन्छ । यस्को नाम ले किरा र घाँस भनेपनि यो नत घाँस प्रजातिमा पर्दछ न त किरा प्रजातिमा । यो एक फंगस अर्थात ढुसि “Ophiocordyceps sinensis” अफियोकर्डिसेप्स साईनेसिस र गोष्ट प्रजाति को झुसिलकिरा बिच जटिल प्रजिवि सम्बन्ध बाट उत्पति भएको हो । तिब्बितियन मथ(Moth)प्रजातिको झुसिलकिरा करिब पाँच वर्ष सम्म पुपा हुनु भन्दा अगाडि सम्म ३००० मिटर देखि ५००० मिटर सम्मको हिमालयन पाटन हरुमा जमिनमुनि बस्दछन् । यस्को लार्भा हुने बेला मा ओफियोकर्डिस्प्टिेसिया –Ophiocordycipitaceae) प्रजातिको ढुसि ले आक्रमण गरि लार्भा लाई मारिदिन्छ । जब मैसम मा परिवर्तन आई तपक्रम बढछ तब मरेको झुसिलकिराको टाउको बाट च्याउ उम्रिन थाल्छ र यहि च्याउ जमिन माथि देखिन्छ । जस्लाई देखेर सँकलककर्ताले यार्चागुम्बा भनेर चिन्द छन् । यार्चागुम्बा लाई अहिले हिमालयन भियग्राको रुपमा पनि चिनिन्छ । यार्चागुम्बामा औषधिय गुण हुन्छ भनेर हजारौँ वर्ष पहिले नै चौरि गोठाला हरु ले पत्ता लगाएको अनुमान गरिन्छ ।

परम्परागत चिनियाँ चिकित्सा प्रणलि मा यस्को प्रयोग लगभग २००० वर्ष पहिले देखि प्रयोग भईरहेको अध्यायन हरुले देखाउछन् । यस्मा औषधिय गुण हुन्छ भनेर तथ्य केलाएर हेर्दा सबैभन्दा नजिक को तथ्यलाई यस घटनाले सहयोग पु¥याउदँछ । “पाटन मा रहेको चौरि लाई गोठाला हरुले यहि जडिबुटि खुवाएपछि उक्त चौरि हरु अझै फुर्तिला भए र यहिँ बाट यस्मा औषधिय गुण छ भन्ने पुष्ठि भयो । यस्को महत्व पछिल्लो पटक सन् १९९० मा आएर पश्चिमा देशहरुमा अझै बढेर गएको तथ्य भेटिन्छ । मा जुनरेन्स आमि -Ma Junren’s Army_ र उनको टोलिका प्रशिक्षर्थि ले विश्व रेकर्ड तोडेपछि पश्चिमा राष्ट्रहरुमा यस्को महत्व बढेको हो । मा जुन्रेन ९ःब व्गलचभल चिनका प्रशिक्षक थिए, उनैले प्रशिक्षण दिएका धाविका ले लामो र मध्यम दुरिको दौडमा लामो अन्तरको समय को विश्व रेकर्ड तोडेपछि पत्रकार तथा अन्य ले यस्तो रेकर्डको हासिल पछाडिको रहस्य के भनेर सोध्दा उनै प्रशिक्षक मा ज जुन्रेन ले उनका धावक धाविका हरुले दिनको ३ पटक यार्चागुम्बाको प्रयोग गर्ने र जस्का कार उच्च क्षेत्रमा टेर्निंग गर्न उनिहरुलाई गा¥हो नहुने बताएपछि १९९० देखि यस्को चर्चा अझै चुलिदै गएको पाईन्छ र त्यसपछि यस यार्चागुम्बा मा भएका तत्व हरु बारे गरिएको अनुसन्धान अनुसार यस यार्चागुम्बामा २८ किसिमका saturated / unsaturated fatty acid र साथै बिभिन्न प्रकारका भिटामिन र इनोर्ग्निक तत्ताहरुे पाईन्छ भनेर पत्ता लगाइयो । यिनै विभिन्न तत्वहरुको समिश्रण हुने कारणले नै चिन तिबतमा शरिरका जोर्निहरुको दुखाई, बाझोपना, यौन शक्तिमा हुने कमि को समस्या लाई हटाउन सयहोग गर्छ भने साथै यस्लाई क्यान्सर र मोटोपनको उपचारका लागि पनि प्रयोग गर्ने गरिन्छ । त्यस्तै यार्चागुम्बा को प्रयोग शरिरमा रक्त सञ्चार राम्रो बनाउन, महिला तथा पुरुषको यौन शक्ति बढाउन, एलर्जि बाट बच्न पनि प्रयोग गरिन्छ र साथै अन्य विभिन्न किसिमका रोग हरुमा पनि यस्को प्रयोग गरिदै आएको पाईन्छ । पछिल्लो पटक यस्को बढदो प्रयोग यौन वर्दक का रुपमा प्रयोग गर्ने भएकाले पनि यसलाई हिमालयन हर्वल भियग्रा भनेर पनि चिनिन्छ ।

yarchagumba
यार्चागुम्बा । तस्बिर सन् २०१५ मा खिचेको हो । (तस्बिर : अखण्ड उपाध्याय )

यसरि बहुउपयोगी यार्चागुम्वाको सँकलन हरेक वर्षको वैशाख को मध्य बाट सुरु भएर असार सम्म हुन्छ । नेपालको हक मा यो देशबाट बाहिर निर्यात हुने यार्चागुम्बाको करिब ५० प्रतिशत हिस्सा डोल्पाले ओगटेको छ । साथै डोल्पा जिल्लाका विभिन्न पाटन हरुमा पाईने यार्चागुम्बा अन्य जिल्लामा पाईने भन्दा मोटो अनि ठुलो हुने, साथै उच्च सुनौलो रंगको हुनेहुनाले पनि यहाँको यार्चागुम्बाको भाउ र माग बढि भएको पाईन्छ । जिल्ला वन कार्यालय डोल्पाका अनुसार यस डोल्पा जिल्लामा यार्चागुम्बु, करिब २४ वटा पाटन क्षेत्र बाट सँकलन गर्ने गरिन्छ अर्थात पाईन्छ । उच्च हिमालि क्षेत्र डोल्पाका विभिन्न पाटन हरुमा पाईने यार्चागुम्बा टिप्नका लागि वर्षेनी छिमेकी जिल्ला लगायत देशै भर बाट सँकलनकर्ता हरु पुग्ने गर्छन । सन् २००१ सम्म सरकारले यस्को सँकलन, निर्यात लाई गैरकानुन गरेको थियो तर विभिन्न सँघ सँस्था, अनि स्थानिय जनता हरुको पहलमा राज्यले निश्चित रकम राजश्व तोकेर यस्को सँकलन र बिक्रि वितरण गर्ने निर्णय गरेसँगै यस्को प्रचार प्रसार अझै बढदै गएको पाइन्छ ।


त्यसतै यार्चागुम्बा बाट वातावरण मा परेको अर्को असर भनेको उच्च हिमालि क्षेत्रमा पाईने वन्यजन्तुको वासस्थानमा असर पग्नु हो । यार्चागुम्बाको सँकलनमा जाने ले वन्यजन्तुको को शिकार गर्ने प्रवृति रहदै आईरहको छ भने साथै अव्यवस्थीत अस्थायि बासस्थान तयार गरिदिनाले पनि त्यसक्षेत्रमा बस्ने बन्यजन्तुको बासस्थानमा खलल पुग्ने हुनाले पनि सँकलककर्ता हरुले व्यवस्थीत तरिकाले सबै जनाले एउटै क्षेत्रमा अस्थायि बासस्थान खडा गरिदिने हो भने वन्यजन्तुको बासस्थानमा असर पुग्नेथिएन । साथ साथै नाउर घोरल जस्ता वन्यजन्तुको शिकार गरिदिनाले हिउँचितुवा को आहारा मा कमि हुने हुनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हिउँचितुवाको आहारा मा समेत प्रभाव पार्र्दै आईरहेको छ यार्चागुम्बा ले गर्दा भन्दा फरक नपर्ला । यस्ले हाम्रो समर्गरुपमा उच्च हिमाली क्षेत्र को पर्यावरणमै अस्र्थीरता लाई उच्च हिमाली क्षेत्रका बासिन्दा लगायत समग्र प्राणि जगतकै अस्तीत्वमा प्रभ्राव पार्नेउ देखिन्छ । तसर्थ अहिलेको पुस्ताले बेलै मा सोचेर संरक्षणमुखि कदम चाल्न सकिएन भने आउदो पुस्ता लाई हामिले व्यवस्थीत पर्यावरण हस्तान्तरण गर्न सक्ने छैनौँ । यसो गर्दा न हाम्रो जिवनस्तर उस्कने छ न आउदो पुस्ताको नै ।

यो लेख जैतुन अनलाइनमा, २०७७ साल वैशाख १५ गते प्रकाशित भएको हो ।



यार्चागुम्बा ले वातावरण मा पारेको असर

April 26, 2020 by Suraj

हिमालि भेगमा बसोबास गर्ने जनताको मुख्य आयस्रोत को रुपमा रहेको यार्चागुम्बा ले मान्छेको जीवन स्तर उकास्न धेरै सहयोग गरे पनि यसैका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वातावरण तथा जैविक विविधतामा पनि असर पर्दै आईरहेको छ तर त्यस्ता असर लाई न्युनिकरण गर्नका लागि कसैले पनि ध्यान दिएको जस्तो लाग्दैन । आज यस लेख मा म यार्चागुम्बाकै कारण सँकलक हरु द्दारा वातावरणमा परेको असर हरुको बारेमा केहि खुलाउन गईरहेको छु । वर्षेनी वैशाख महिनाको बिच बाट यार्चागुम्बा पाईने डोल्पा जिल्ला का करिब २४ वटा पाटन (वन कार्यालय डोल्पा २०१०) मा मान्छे हरुको भिड लाग्ने गर्छ । त्यहाँ जाने हरेक मान्छे को मनस्थििती करिब २ महिना पाटनमै बिताउने भन्ने हुन्छ र त्यसै अनुसार २ महिना सम्म पुग्ने सामल बोकेर जान्छन् । त्यसरी बोकेर लाने खानामा चाउचाउ, बिस्कुट लगायतका पतुर खाना हरु पनि अहिले बढि मात्रा मा हुन्छन् । साथ साथै पछिल्लो केहि वर्ष देखि यार्चागुम्बा पाईने ठाऊँ मै लोकल तथा आयातित मदिराको समेत विक्रि वितरण अत्यधिक मात्रा मा हुदैँ आईरहेको छ ।

yarchagumba
यार्चागुम्बा । तस्बिर सन् २०१५ मा खिचेको हो । (तस्बिर : अखण्ड उपाध्याय )

यर्चागुम्बा टिप्न हिडेका सँकलकहरुले चाउचाउ बिस्कुटका खोल हरु जथाभावि फाल्दै हिड्ने अनि साथमा लगका पलाष्टिक का झोला हरु हुन् या त चाउचाउ बिस्कुटका खोल हरु यार्चागुम्बा पाईने क्षेत्रमा जथाभावि फालिदिदाँ त्यहाँ को अहिलेको जैविक विविधतामा त असर परेकै छ साथ साथै भविष्यमा उम्रिने वनस्पतिमा पनि पक्कै असर गर्नेछ । कालान्तरमा यसले यार्चागुम्बा को उत्पादनमै पक्कै असर गर्नेछ । साथै उच्च हिमालि क्षेत्रमा अनावश्यक रुपमा प्लास्टिक को थुप्रो बढदै गईरहेको छ । तसर्थ यार्चागुम्बाको उत्पादनमा हास आउन नदिनका लागि पनि यसरि वातावरण प्रदुसन गर्ने कार्य लाई बन्दै गर्नु पर्ने देखिन्छ । साथै यार्चागुम्बा सँकलनमा हिडेका हरुले दुनै सदरमुकाम छाडे देखि नै दाउरा का लागि रुख विरुवा कटान गर्ने प्रवृति समेत देखिदै आईरहेको छ । त्यस्तै अस्थायि बासस्थानका लागि पाल टास्न चाहिने काठ दाउराका लागि पनि रुख बिरुवा मासिने क्रम बढदो छ । र यसरि हुने रुख बिरुवा फडानि कोे प्रत्यक्ष असर चराचुरुगिं मा देखिएको छ भने साथ साथै जंगल पनि पातलिदै गईरहेको छ र त्यस भेगमा पाईने वन्यजन्तुले आफ्नो बासस्थानकै लागि माथि सर्नुपर्ने अवश्था समेत देखिएको छ । त्यसतै पाटनमा जाने सँकलनकर्ता हरुले जथाभावि वासस्थानका लागि पाल टाँगेर बसिदिनाले त्यहाँ का वातावरणिय सुन्दरतामा असर त छनै साथै त्यसरि बस्नाले जथाभावि रुपमा दिसा पिसाब गरिदिनाले वातावरण लाई थप असर पारेको छ । तसर्थ यसरि अव्यवस्थीत तरिकाले बस्नु भन्दा सँकलककर्ता हरुले एउटा निश्चित ठाउँ मा बस्ने व्यवस्था गरेर दिसा पिसाब का लागि अस्थायि चर्पि पनि बनाएर बसेमा खुल्ला दिसा पिसाबका कारण हुने महामारि पनि कम हुनेथियो भने मानव जाति बाट वातावरण मा पर्ने असर पनि कमि हुने थियो ।

yarchagumba
यार्चागुम्बा टिप्नको लागि छिमेकि जिल्ला बाट सदरमुकाम आईपुगेका टोलि । तस्बिर सन् २०१५ मा खिचेको हो । (तस्बिर : माला दीप उपाध्याय)

त्यसतै यार्चागुम्बा बाट वातावरण मा परेको अर्को असर भनेको उच्च हिमालि क्षेत्रमा पाईने वन्यजन्तुको वासस्थानमा असर पग्नु हो । यार्चागुम्बाको सँकलनमा जाने ले वन्यजन्तुको को शिकार गर्ने प्रवृति रहदै आईरहको छ भने साथै अव्यवस्थीत अस्थायि बासस्थान तयार गरिदिनाले पनि त्यसक्षेत्रमा बस्ने बन्यजन्तुको बासस्थानमा खलल पुग्ने हुनाले पनि सँकलककर्ता हरुले व्यवस्थीत तरिकाले सबै जनाले एउटै क्षेत्रमा अस्थायि बासस्थान खडा गरिदिने हो भने वन्यजन्तुको बासस्थानमा असर पुग्नेथिएन । साथ साथै नाउर घोरल जस्ता वन्यजन्तुको शिकार गरिदिनाले हिउँचितुवा को आहारा मा कमि हुने हुनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हिउँचितुवाको आहारा मा समेत प्रभाव पार्र्दै आईरहेको छ यार्चागुम्बा ले गर्दा भन्दा फरक नपर्ला । यस्ले हाम्रो समर्गरुपमा उच्च हिमाली क्षेत्र को पर्यावरणमै अस्र्थीरता लाई उच्च हिमाली क्षेत्रका बासिन्दा लगायत समग्र प्राणि जगतकै अस्तीत्वमा प्रभ्राव पार्नेउ देखिन्छ । तसर्थ अहिलेको पुस्ताले बेलै मा सोचेर संरक्षणमुखि कदम चाल्न सकिएन भने आउदो पुस्ता लाई हामिले व्यवस्थीत पर्यावरण हस्तान्तरण गर्न सक्ने छैनौँ । यसो गर्दा न हाम्रो जिवनस्तर उस्कने छ न आउदो पुस्ताको नै ।

यो लेख त्रिपुरा सञ्चार अनलाईनमा , २०७७ साल वैशाख १४ गते प्रकाशित भएको हो ।



पर्यावरण विनाशले महामारी फैलाउने भाइरस भित्र्याउन सघाउँछ

April 11, 2020 by Suraj

कोरोना भाइरस (कोभिड– १९) ले विश्व समुदायलाई आतंकित गरिरहेको छ । यस्को उपचार र रोकथामका लागि विश्वका वैज्ञानिक, अनुसन्धान केन्द्रहरू अहोरात्र खटिरहेका छन् । अत्यन्त भरपर्दो स्वास्थ्य सेवा भएका विश्वका विकसित देश पनि कोरोना भाइरसबाट आत्तिएका छन् । कोरोना भाइरस देखिएको करिब चार महिनाको अवधिमा विश्वको अर्थतन्त्रसमेत प्रभावित बनेको छ । कोरोना भाइरसले विश्वका आधा जनसंख्यालाई क्वारेन्टाइनमा बस्न बाध्य पारिरहेको छ ।

विश्वलाई संकटमा पार्ने यो कोरोनाको औषधि खोजी भइरहँदा यो भाइरस वन्यजन्तुको कारण उत्पत्ति भएको भन्ने भ्रम फैलिरहेको छ । मानव जातिको अस्तित्वमा असर पार्ने गरी फैलिएको यो भाइरस वन्यजन्तुकै कारणले फैलिएको हो भनेर भ्रम फैलाउनु भनेको हामीले प्रकृतिमाथि गरेको दोहनको दोषबाट बच्न खोज्नु मात्र हो ।

कोरोना भाइरस सालक वा चमेरोबाट वा दुवैबाट सरेको भन्ने निकै हल्ला भयो । यो भ्रमलाई केही हदसम्म बल पुऱ्याउन कुकुर तथा बिरालोमा पनि कोरोना देखिएको भनेर आउने समाचारहरूले सहयोग गरेको छ ।

कोरोना भाइरस कहाँबाट आयो भन्नेमा विश्व अहिले दुई भागमा विभाजित भएको छ । तर, हामीले बुझ्नुपर्ने कुरा के हो भने, यस्ता भाइरस प्रकृतिमा लाखौँ, करोडौँको संख्यामा हुन्छन् । भाइरस सूक्ष्म तरिकाले जल, जमिन र जंगलमा वास गरिरहेको हुन्छ । यसले मानव शरीरमा वास पाएपछि प्रतिरक्षा प्रणाली कमजोर बनाएर मानिसलाई रोगी बनाउँछ । सन् १९४० देखि हजारौँ रोगका भाइरसहरू देखापर्दै आएका छन् । जस्तै एचआइभी, इबोला, जिका, कोरोना आदि । यसमध्ये ६० प्रतिशतभन्दा बढी भाइरसहरू जनावरका शरीरबाट उत्पत्ति भएको भनिन्छ ।

त्यसमा पनि अधिकांश वन्यजन्तुबाट उत्पत्ति भएको देखिन्छ । तर, यसरी वन्यजन्तुबाट मानव शरीरमा यस्ता भाइरसहरू आउनुमा मानिसकै गल्ती छ । जंगली जनावरहरूलाई यस घातक प्रकोपहरूको स्रोतको रूपमा चित्रण गरिए पनि घातक रोगजन्य भाइरसबाट जंगली जनावर संक्रमित हुँदैनन् ।


घातक भाइरस जंगली जनावरहरूमा हानिरहित तरिकाले बसिरहेका हुन्छन् । तर, मान्छेमा यिनै जनावरबाट सरेको देखिनु पछाडिको कारण भने जंगल फँडानी, अव्यवस्थित औद्योगीकरण, अव्यवस्थित सहरीकरण र सहरहरूको विस्तार हो । जसले गर्दा जंगली जनावरमा रहेका घातक परजीवीले मानव शरीरमा आउने बाटो पाएका छन् । त्यस्ता वन्यजन्तुको सिकार गरेर मासु खाने र त्यस्का विभिन्न अंगको प्रयोग गरिनुले पनि वन्यजन्तुमा भएका भाइरस मानव शरीरमा छिर्ने मौका पाइरहेका हुन्छन् । विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएअनुसार चमेरा प्रजातिसँग सम्बन्धित इबोला संक्रमण मध्य र पश्चिम अफ्रिकन देशहरूमा भेटिएको थियो । जहाँ वन विनाश उच्चदरमा भएको पाइन्छ ।


वन विनाशले गर्दा विभिन्न चमेराका प्रजातिहरूले सहर, बजार, घरको आँगनमा भएका रूखहरूमा आफ्नो वासस्थान बनाउन थाले । यसले गर्दा स्थानीयले खाने फलफूल, अन्नमा चमेराको ऱ्याल र पिसाब पाइने सम्भावना बढ्यो । मानव जातिले चमेराको सिकार गरी मासु खान थालेपछि चमेरामा रहेको रोगजन्य भाइरस उजागर भयो । यसले गर्दा भाइरस शरीरमा प्रवेश गरेर संख्या बढाउने ठाउँ पाउन थाले । त्यसले गर्दा स्वास्थ्यस्थित सूचकांक अग्र स्थानमा रहेका देशहरूमा समेत मानव लासको पहाड बन्न थाले ।



प्रख्यात पुस्तक स्पिल ओभरका लेखक डेविड कुमेन्नका अनुसार ट्रपिकल जंगल र अन्य जैविक भूपरिधिले लाखौँ वन्यजन्तु र हजारौँ अज्ञात भाइरसहरूलाई आश्रय दिएका हुन्छन् । उनले रूख काट्ने र त्यहाँ आश्रित जीवजन्तुको मासु खाने गर्नाले प्राकृतिक प्रणालीलाई असर गर्ने बताएका छन् । उनले भनेका छन्, ‘प्रकृति असन्तुलन पैदा गरी लाखौँ अज्ञात भाइरसहरूलाई तिनको प्राकृतिक बाहकबाट छुट्न बाध्य पार्दछौँ र अन्त्यमा हामी तिनको बाहक हुनुपर्ने हुन्छ ।’

घातक रोगजन्य भाइरस वन्यजन्तुबाट मानवमा सजिलै सरेर द्रुतगतिमा फैलिँदै महामारीको रूप लिइरहेका छन् । अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्रको तथ्यांकअनुसार आधाभन्दा बढी नयाँ रोगहरू जनावरबाट उत्पत्ति भएका छन् । विभिन्न घातक रोगहरू जस्तै रेबिज, प्लेग शताब्दी पहिलेदेखि नै वन्यजन्तुवाट मानव जातिमा सरिसकेका छन् । मर्स भाइरस चमेराबाट मान्छेमा सरेको भनिन्छ । तर, अहिले यसको प्रकोप न्यून छ । ‘लासा फिभर’ १९६९ मा नाइजेरियामा देखिएको, ‘निपात’ मलेसियामा र ‘जिका’ अफ्रिकामा देखिएका थिए । यी रोगहरू वन्यजन्तुबाट नै सरेको विश्वास गरिन्छ ।


यस्ता विभिन्न घातक रोगहरूले विभिन्न कालखण्डमा लाखौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेको र विश्वलाई आतंकित बनाएको छ । विभिन्न वैज्ञानिकले वन्यजन्तुबाट उत्पत्ति हुने यस्ता रोगलाई विश्व स्वास्थ्य सुरक्षा र अर्थतन्त्रका लागि शक्तिशाली चुनौतीका रूपमा प्रस्तुत गरिरहेका छन् । केही वैज्ञानिकले यस्ता घातक महामारी फैलनुको कारण वन्यजन्तु भएको भन्दै गर्दा पर्यावरण विनाश र हाम्रो व्यवहारसँग जोडेर पनि हेर्नु आवश्यक छ । वन फँडानी, अव्यवस्थित बस्ती विस्तार, खनिज उत्खनन, विकास निर्माण, तीव्र सहरीकरण र बढ्दो जनसंख्याका कारण मानव र वन्यजन्तुबीचको दूरी घट्दो छ ।


वन्यजन्तुको सिकारलाई आफ्नो इज्जत, प्रतिष्ठा र शक्तिसँग जोडेर हेर्न चलनले पनि प्रकृतिको विनाशलाई सघाएको छ । त्यसैगरी वन्यजन्तुलाई घरपालुवा जनावरको रूपमा प्रयोग गर्न खोज्नु, विकासोन्मुख देशहरूमा अव्यवस्थित चिडियाघरको विस्तार पनि अर्काे कारण हो । वन्यजन्तुका दाँत, छाला, सिङ तथा शरीरका छालाको कम्मरपेटी, ब्याग, जुत्ता बनाउने चलन पनि बढेको छ । घर तथा अफिस सजाउन वन्यजन्तुको अंगको प्रयोेग पनि हुने गरेको छ । घना जंगलमा मात्र हुने वन्यजन्तुका प्रजातिहरू मानिसले देख्न थालेका छन् । जसले गर्दा विभिन्न रोगहरू वन्यजन्तुबाट मानव जातिमा सर्ने क्रम बढदो छ । अव्यवस्थित विकासको मूल्य अदृश्य रूपमा यस्ता रोगहरूको संक्रमणबाट मानिसले चुकाउनुपरेको छ ।

यी भाइरस वन्यजन्तुको कोषमा बसुन्जेल मानिसका लागि हानिकारक हुँदैनन् । जब हामी पर्यावरण विनाश गर्छाैं, यी रोग वन्यजन्तुबाट हामीमा सरेर प्रकोपको रूप लिन्छ । यस्ता महामारी र प्रकोपबाट बच्नका लागि हामीले बेलैमा सोचेर अघि बढेनौँ भने भविष्यमा झन् ठूला महामारीको चपेटामा पर्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । डेविड क्युमेन आफ्नो पुस्तक स्पिल ओभरमा लेख्छन्, ‘पर्यावरणको विनाश र क्षय हुँदा हामीले वन्यजन्तु उत्पादित धेरै प्रकोपहरूको सामना गर्नुपर्नेछ ।’

यस्तो महामारी रोक्न विकसित र अल्पविकसित समाजले बेलैमा सोच्नुपर्छ। विकसित राष्ट्रले आर्थिक उन्नतिका लागि प्राकृतिक श्रोतको विनाश कम गर्नुपर्छ । अविकसित समाजले पनि वन्यजन्तुको सिकार गरी जीविका चलाउने कामलाई न्यून गर्नुपर्छ ।

प्रकृतिको संरक्षण गरेमा घातक भाइरसको वासस्थानमा विचलन आउँदैन र तिनले मानव जातिको शरीरमा पसेर विनाश गर्न पाउँदैनन् । हामीले व्यवहारमा परिवर्तन ल्याएर पर्यावरणलाई पूर्ण सन्तुलन कायम गर्न सक्यौँ भने आउँदा दिनमा कोभिड– १९ वा इबोलाजस्ता रोगले लाखौँ मान्छेको ज्यान जोखिममा पारेको समाचार सुन्नुपर्दैन । मानव जातिले विभिन्न यस्ता महामारीलाई प्रकृतिको चेनावनीको रूपमा बुझेर अहिलेदेखि नै संगाठित रूपमा अघि नबढेसम्म भावी सन्ततिहरूले यस्तो महामारी भोग्नु नपर्नेमा दुईमत नहोला

यो लेख नयाँ पत्रिका २०७६ साल चैत २९ गते प्रकाशित भएको हो ।