गैरकाष्ठ वन पैदावर नेपाली दुर्गम जनताको एक प्रमुख आयस्रोत रहदै आएको छ । नेपालमा सँकलन र बिक्रि हुने १५० भन्दा बढि जडिबुटि मध्य सबैभन्दा महँगो जडिबुटि यार्चागुम्बा रहेको छ । यार्चागुम्बा उच्च हिमाली तथा तिब्बितियन प्लाट्यु क्षेत्र मा Yartsa Gunbu अर्थात गर्मि महिनामा घाँस अनि जाडो महिनामा किरा भनेर परिचित छ ।

हिमालि भेगका जनता हरुको मुख्य आयस्रोत को रुपमा रहदै आएको यार्चाकुम्भु समुन्द सतह ३५०० मिटर देखि ५००० मिटर भन्दा माथिको हिमालि भेग मा पाईन्छ । यस्को वासस्थान चिन, नेपाल, भारत अनि भुटानका उच्च हिमाली क्षेत्रमा फैलिएको छ । नेपालको मुख्यतया डोल्पा, जुम्ला, हुम्ला, कालिकोट, बागलुंग, मनाँग मुस्तांग, रुकुम, दाचुर्ला लगायतका हिमालि जिल्ला हरुमा पाईन्छ । साथै विश्वका अन्य देश हरु जस्तै तिबत, भारतको हिमाँचल तथा उत्तराखण्ड क्षेत्र साथै भुटानमा समेत पाईने यार्चाकुम्भु हालको समयमा यस भेगमा बस्ने जनताको प्रमुख आयस्रोत को रुपमा रहदैँ आईरहको छ । बैशाख जेष्ठ महिनाको सुरुवातमा केहि महिना सम्म विधालय समेत बन्द गरेर ज्यानको बाजि थापेर हिमाली भेगका हरिया फाँट मा सुन भन्दा बहुमुल्य जडिबुटि यार्चाकुम्भु सँकलन गर्न मान्छे जान्छन् आखिर के हो त यार्चाकुम्भु, आज म यस्का बारेमा केहि बुझाउन गईरहेको छु । नेपालमा हाल करिब ११८ किसिमका पारिस्थतिकीय प्रणालिहरु रहेका छन् भने करिब ५८८४ प्रजातिका फूल फुल्ने र अन्य फूल नफुल्ने गरी जम्मा १००९१ प्रजातिका वनस्पतिहरु सुचीकृत भैसकेका छन् । यि मध्य करिब ७०० प्रजातिहरुको औषधीय महत्व प्रमाणित भई सकेकोछ ।

मानव स्वास्थ्यमा अत्यन्तै महत्वपुर्ण भूमिका खेल्ने र ग्रामिण जनजीवनको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुग्ने हुदाँ जडीबुटी एवम् गैरकाष्ठा वन पैदावरुँग सम्बन्धित वानस्पतिक प्रजातिहरुको महत्व नेपालमा अत्यन्तै उच्च रहेको तथ्य निर्विवाद छ । जुन कुराबाट डोल्पा जिल्ला रमेत टाढा रहन सक्दैन ।

यार्चागुम्बाको वैज्ञानिक नाम, Cordyceps Sinensis हो भने नेपालीमा यस्लाई यार्चागुम्बा भनिन्छ त्यस्तै स्थानिय रुपमा यस्लाई विभिन्न नाम ले चिनिन्छ जस्तै, यार्चा, किरा, जिवनबुटि आदि नामले परिचित छ । यार्चागुम्बा लाई सामान्यतया दुई भाग मा बाढ्न मिल्छ, जस्तै यस्को तल्लो भाग जुन जमिन मुनि हुन्छ त्यस्लाई पुतलिको लार्भा भनिन्छ भने अर्को माथिल्लो भाग जुन जमिन बाहिर हुन्छ जस्लाई ढुसि भनिन्छ । यस जमिन बाहिर हुने भाग जस्लाई हामि ढुसि भन्छौ यस्लाई नै हेरेर सँकलकले सजिलै चिन्नसक्छ यार्चागुम्बा हो भनेर । यो एक च्याउ प्रजातिमा पर्दछ जस्को जिवन झुसिलकिरा सँग गएर जोडिन्छ । यस्को नाम ले किरा र घाँस भनेपनि यो नत घाँस प्रजातिमा पर्दछ न त किरा प्रजातिमा । यो एक फंगस अर्थात ढुसि “Ophiocordyceps sinensis” अफियोकर्डिसेप्स साईनेसिस र गोष्ट प्रजाति को झुसिलकिरा बिच जटिल प्रजिवि सम्बन्ध बाट उत्पति भएको हो । तिब्बितियन मथ(Moth)प्रजातिको झुसिलकिरा करिब पाँच वर्ष सम्म पुपा हुनु भन्दा अगाडि सम्म ३००० मिटर देखि ५००० मिटर सम्मको हिमालयन पाटन हरुमा जमिनमुनि बस्दछन् । यस्को लार्भा हुने बेला मा ओफियोकर्डिस्प्टिेसिया –Ophiocordycipitaceae) प्रजातिको ढुसि ले आक्रमण गरि लार्भा लाई मारिदिन्छ । जब मैसम मा परिवर्तन आई तपक्रम बढछ तब मरेको झुसिलकिराको टाउको बाट च्याउ उम्रिन थाल्छ र यहि च्याउ जमिन माथि देखिन्छ । जस्लाई देखेर सँकलककर्ताले यार्चागुम्बा भनेर चिन्द छन् । यार्चागुम्बा लाई अहिले हिमालयन भियग्राको रुपमा पनि चिनिन्छ । यार्चागुम्बामा औषधिय गुण हुन्छ भनेर हजारौँ वर्ष पहिले नै चौरि गोठाला हरु ले पत्ता लगाएको अनुमान गरिन्छ ।

बैशाख जेष्ठ महिनाको सुरुवातमा केहि महिना सम्म विधालय समेत बन्द गरेर ज्यानको बाजि थापेर हिमाली भेगका हरिया फाँट मा सुन भन्दा बहुमुल्य जडिबुटि यार्चाकुम्भु सँकलन गर्न मान्छे जान्छन्

परम्परागत चिनियाँ चिकित्सा प्रणलि मा यस्को प्रयोग लगभग २००० वर्ष पहिले देखि प्रयोग भईरहेको अध्यायन हरुले देखाउछन् । यस्मा औषधिय गुण हुन्छ भनेर तथ्य केलाएर हेर्दा सबैभन्दा नजिक को तथ्यलाई यस घटनाले सहयोग पु¥याउदँछ । “पाटन मा रहेको चौरि लाई गोठाला हरुले यहि जडिबुटि खुवाएपछि उक्त चौरि हरु अझै फुर्तिला भए र यहिँ बाट यस्मा औषधिय गुण छ भन्ने पुष्ठि भयो । यस्को महत्व पछिल्लो पटक सन् १९९० मा आएर पश्चिमा देशहरुमा अझै बढेर गएको तथ्य भेटिन्छ । मा जुनरेन्स आमि -Ma Junren’s Army_ र उनको टोलिका प्रशिक्षर्थि ले विश्व रेकर्ड तोडेपछि पश्चिमा राष्ट्रहरुमा यस्को महत्व बढेको हो । मा जुन्रेन ९ःब व्गलचभल चिनका प्रशिक्षक थिए, उनैले प्रशिक्षण दिएका धाविका ले लामो र मध्यम दुरिको दौडमा लामो अन्तरको समय को विश्व रेकर्ड तोडेपछि पत्रकार तथा अन्य ले यस्तो रेकर्डको हासिल पछाडिको रहस्य के भनेर सोध्दा उनै प्रशिक्षक मा ज जुन्रेन ले उनका धावक धाविका हरुले दिनको ३ पटक यार्चागुम्बाको प्रयोग गर्ने र जस्का कार उच्च क्षेत्रमा टेर्निंग गर्न उनिहरुलाई गा¥हो नहुने बताएपछि १९९० देखि यस्को चर्चा अझै चुलिदै गएको पाईन्छ र त्यसपछि यस यार्चागुम्बा मा भएका तत्व हरु बारे गरिएको अनुसन्धान अनुसार यस यार्चागुम्बामा २८ किसिमका saturated / unsaturated fatty acid र साथै बिभिन्न प्रकारका भिटामिन र इनोर्ग्निक तत्ताहरुे पाईन्छ भनेर पत्ता लगाइयो । यिनै विभिन्न तत्वहरुको समिश्रण हुने कारणले नै चिन तिबतमा शरिरका जोर्निहरुको दुखाई, बाझोपना, यौन शक्तिमा हुने कमि को समस्या लाई हटाउन सयहोग गर्छ भने साथै यस्लाई क्यान्सर र मोटोपनको उपचारका लागि पनि प्रयोग गर्ने गरिन्छ । त्यस्तै यार्चागुम्बा को प्रयोग शरिरमा रक्त सञ्चार राम्रो बनाउन, महिला तथा पुरुषको यौन शक्ति बढाउन, एलर्जि बाट बच्न पनि प्रयोग गरिन्छ र साथै अन्य विभिन्न किसिमका रोग हरुमा पनि यस्को प्रयोग गरिदै आएको पाईन्छ । पछिल्लो पटक यस्को बढदो प्रयोग यौन वर्दक का रुपमा प्रयोग गर्ने भएकाले पनि यसलाई हिमालयन हर्वल भियग्रा भनेर पनि चिनिन्छ ।

यसरि बहुउपयोगी यार्चागुम्वाको सँकलन हरेक वर्षको वैशाख को मध्य बाट सुरु भएर असार सम्म हुन्छ । नेपालको हक मा यो देशबाट बाहिर निर्यात हुने यार्चागुम्बाको करिब ५० प्रतिशत हिस्सा डोल्पाले ओगटेको छ । साथै डोल्पा जिल्लाका विभिन्न पाटन हरुमा पाईने यार्चागुम्बा अन्य जिल्लामा पाईने भन्दा मोटो अनि ठुलो हुने, साथै उच्च सुनौलो रंगको हुनेहुनाले पनि यहाँको यार्चागुम्बाको भाउ र माग बढि भएको पाईन्छ । जिल्ला वन कार्यालय डोल्पाका अनुसार यस डोल्पा जिल्लामा यार्चागुम्बु, करिब २४ वटा पाटन क्षेत्र बाट सँकलन गर्ने गरिन्छ अर्थात पाईन्छ । उच्च हिमालि क्षेत्र डोल्पाका विभिन्न पाटन हरुमा पाईने यार्चागुम्बा टिप्नका लागि वर्षेनी छिमेकी जिल्ला लगायत देशै भर बाट सँकलनकर्ता हरु पुग्ने गर्छन । सन् २००१ सम्म सरकारले यस्को सँकलन, निर्यात लाई गैरकानुन गरेको थियो तर विभिन्न सँघ सँस्था, अनि स्थानिय जनता हरुको पहलमा राज्यले निश्चित रकम राजश्व तोकेर यस्को सँकलन र बिक्रि वितरण गर्ने निर्णय गरेसँगै यस्को प्रचार प्रसार अझै बढदै गएको पाइन्छ ।

त्यसतै यार्चागुम्बा बाट वातावरण मा परेको अर्को असर भनेको उच्च हिमालि क्षेत्रमा पाईने वन्यजन्तुको वासस्थानमा असर पग्नु हो । यार्चागुम्बाको सँकलनमा जाने ले वन्यजन्तुको को शिकार गर्ने प्रवृति रहदै आईरहको छ भने साथै अव्यवस्थीत अस्थायि बासस्थान तयार गरिदिनाले पनि त्यसक्षेत्रमा बस्ने बन्यजन्तुको बासस्थानमा खलल पुग्ने हुनाले पनि सँकलककर्ता हरुले व्यवस्थीत तरिकाले सबै जनाले एउटै क्षेत्रमा अस्थायि बासस्थान खडा गरिदिने हो भने वन्यजन्तुको बासस्थानमा असर पुग्नेथिएन । साथ साथै नाउर घोरल जस्ता वन्यजन्तुको शिकार गरिदिनाले हिउँचितुवा को आहारा मा कमि हुने हुनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हिउँचितुवाको आहारा मा समेत प्रभाव पार्र्दै आईरहेको छ यार्चागुम्बा ले गर्दा भन्दा फरक नपर्ला । यस्ले हाम्रो समर्गरुपमा उच्च हिमाली क्षेत्र को पर्यावरणमै अस्र्थीरता लाई उच्च हिमाली क्षेत्रका बासिन्दा लगायत समग्र प्राणि जगतकै अस्तीत्वमा प्रभ्राव पार्नेउ देखिन्छ । तसर्थ अहिलेको पुस्ताले बेलै मा सोचेर संरक्षणमुखि कदम चाल्न सकिएन भने आउदो पुस्ता लाई हामिले व्यवस्थीत पर्यावरण हस्तान्तरण गर्न सक्ने छैनौँ । यसो गर्दा न हाम्रो जिवनस्तर उस्कने छ न आउदो पुस्ताको नै ।

यो लेख जैतुन अनलाइनमा, २०७७ साल वैशाख १५ गते प्रकाशित भएको हो ।

 

Join Our Mission, Volunteer, Donate, Advocate. 
Get Started Today.

Join Our Mission, Volunteer, Donate, Advocate.

Get Started Today.

Subscribe now to get more info.

Thank you for joining us on email! We can't wait to see what we can accomplish with you by our side.

Skip to content